कोभिड अस्पतालमा आगो लाग्दा ४० भन्दा धेरैको मृत्यु

इराकी अस्पतालको कोरोना भाइरस आइसोलेसन वार्डमा आगलागी हुँदा ४० भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । नसिरियास्थित अल हुसैन अस्पतालमा लागेको आगो सोमबार बेलुकी मात्रै निभाइएको छ । आगलागीको कारण अस्पष्ट छ । यद्यपी, अक्सिजन ट्यांक पड्किएको आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

अस्पताल भवनमा अझै पनि उद्धारकर्ताहरूले बाँचेका मानिसको ज्यान जोगाउन सफल छन् । स्वास्थ अधिकारी हैदर अल जामिलीले अस्पतालको अझै पनि मानिसहरु थुनिएको हुनसक्ने भय रहेको बताए, यस वार्डमा ६० जना मानिस अट्न पुग्ने ठाउँ रहेको बताइएको । आगो लागेसँगै अस्पताल बाहिर प्रदर्शन भएको थियो । सामाजिक सञ्जालमार्फत पनि मानिसहरुले स्वास्थ अधिकारीहरुको राजीनामा मागिरहेका छन् ।

यसअघि नै युद्ध र भ्रष्टाचारका कारण इराकको स्वास्थ प्रणाली कमजोर अवस्थामा थियो, कोरोना भाइरस महामारीले यसलाई थप कमजोर बनाइदिएको छ । इराकमा झन्डै १४ लाखमा कोरोना देखिएको छ । त्यसमध्ये १७ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । झन्डै ४ करोड जनसंख्या रहेको इराकमा अहिलेसम्म केवल १० लाख जनसंख्याले मात्रै कम्तिमा खोपको एक डोज लगाउन पाएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close