भारतको अहमदाबादमा भएको बिमान दुर्घटनाको रिपोर्ट सार्वजनिक,इन्धन आपूर्ति रोकिएकाले दुर्घटना

भारत। भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटना दुवै इन्जिनमा इन्धन आपूर्ति रोकिएकाले दुर्घटना भएको पुष्टि भएको छ । गत जुन १२ मा दुर्घटनामा २ सय ६० जनाको मृत्यु भएको थियो। एक महिनापछि आएको अनुसन्धानको प्रारम्भिक प्रतिवेदनमा विमानका दुवै इन्जिनमा इन्धन आपूर्ति रोकिएकाले दुर्घटना भएको पुष्टि भएको हो।

भारतको विमान दुर्घटना अनुसन्धान विभाग (एएआईबी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, विमानले उडानपछि अधिकतम गति लिएको केही सेकेन्डमै इन्जिन–१ र इन्जिन–२ का इन्धन नियन्त्रण स्विचहरू ‘सञ्चालन’ बाट ‘बन्द’ स्थितिमा क्रमशः एक सेकेन्डको अन्तरमा सारिएका थिए ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close