नयाँ वर्ष मनाउँन हिडेको जिप स्वर्गद्वारीनजिकै दुर्घटना ५ को मृत्यु

गुल्मी । प्यूठानको स्वर्गद्वारीनजिकै सवारी जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ ।नयाँ वर्ष मनाउनका लागि गएको जिप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ ।नयाँ वर्षको अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी स्वर्गद्वारी दर्शनका लागि लु १ ज १६ सय ५५ नम्बरको सार्वजनिक जिपमा गएका थिए । जिप प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिप सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो ।दुर्घटना मा मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा स्याङजाको कालिगण्डकी गाउँपालिका निवासी श्याम न्यौपाने, कार्यालयका खरिदार गुल्मीको धुर्कोट गाउँपालिका ७ का ईश्वरी भण्डारी, कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका ७ का सुर्य पन्थी र गाडी चालक मुसीकोट ३ का केशव कार्की र धुर्कौटकै यमलाल पन्थीको दूर्घटनामा परि मृत्यु भएको छ । घटनामा ११ जना घाइते छन् ।घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी भइरहेको बताईएको छ ।
कमेन्ट गर्नुहोस !