अर्घाखाँचीमा SEE को ग्रेडबृद्धि परिक्षामा १ हजार ७ सय बढी विद्याथी सहभागी हुँदै

हृदय भुसाल,अर्घाखाँची ।माध्यमिक शिक्षा परिक्षा (See)पुरक ग्रेडबृद्धिको परिक्षा आगामी साउन २३ गतेदेखी सुरु हुने भएको छ । उक्त  परिक्षामा अर्घाखाँची जिल्ला भरका बिधालयबाट १ हजार ७ सय १५ जनाले परिक्षामा सहभागी हुने भएका छन् । शिक्षा बिकास समन्वय एकाई अर्घाखाँचीले आईवार केन्द्राध्यक्षहरुको  अभिमुखिकरण कार्यक्रम  गरि यस्तो जानकारी दिएको हो ।

राष्ट्रिय परिक्षा वोर्डको निर्णय अनुसार २०८० साल चैत्र १५ गते देखी संचालन भएको माध्यमिक शिक्षा परिक्षामा नियमित परिक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सवै परिक्षार्थीहरुका लागी वोर्डको कार्यतालिका अनुसार अर्घाखाँचीमा पनि साउन २३ गते देखी सुरु भई ३१ गते सम्म बिहान ११ बजेदेखी २ बजे सम्मको समयमा परिक्षा हुने जिल्ला शिक्षा बिकास तथा समन्वय एकाई प्रमुख मनीराम पराजुलीले बताए ।
एकाई प्रमुख पराजुलीका अनुसार यो बर्ष गत चैत्रमा अर्घाखाँची जिल्ला बाट जम्मा २ हजार ९ सय १८ जना परिक्षामा सहभागी भए मध्ये ९ सय ८६ उर्तिण भएको र १ हजार ९ सय ३२ जनाले परिक्षा दिन पाउँने  तथ्यांक  देखिए पनि पुन:योग र केही छुटका कारण गे्रड बृद्धि परिक्षामा सहभागी संख्या कम भएको बताए ।
ग्रेडवृद्धि परिक्षालाई शान्त,मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सवै पक्ष लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताए । प्रजिअ खत्रीले भने,‘परिक्षाका प्रश्नपत्र,उत्तरपुस्तिको ब्यवस्थापनमा निकै ख्याल गर्नुपर्छ,मुवाईल प्रयोग गर्न सक्ने बिषय लाई बिशेष ध्यान दिनुपर्ने देखिन्छ,पुरक परिक्षामा एकपटक असफल भएका बिधार्थी हुने हुनाले पास हुनका लागी केही चिटिङ्खको प्रयास पनि हुन सक्छ,केन्द«ाअध्यक्ष ज्युहरुले निरिक्षकहरुलाई थोरै पनि कमजोरी भए कार्वाही समेत हुने जानकारी सहित कडा निर्देशन आबश्यक छ,परिक्षामा आबश्यक सुरक्षाका साथै अन्य ब्यवस्थापन कार्यका लागी हामी सवै नै प्रतिवद्ध छौँ’ ।
अभिमुखिकरण कार्यक्रममा जिल्ला समन्वय अधिकारी,रिसिराम भुसाल जिल्ला शिक्षा बिकास समन्वय एकाई प्रमुख मनिराम पराजुली,सेनानी महेश्वर थापा,प्रहरी नावय उपरिक्षक प्रतितसिँह राठोर,शसस्त्र प्रहरी नायव उपरिक्षक भिमसेन वोहोरा,अनुसन्धान अधिकृत खिमानन्द प्रोख्रेल लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला संचालन हुने परिक्षा केन्द केन्दका केन्द्राध्यक्ष अध्यक्षहरु जनज्योती मावि सन्धिखर्कका क केन्द्राध्यक्ष माधव प्रसाद आचार्य,भगवती मावि सन्धिखर्कका  केन्द्राध्यक्ष  ध्रुर्ववहादुर खत्री, युवा वर्ष रविचित्र मावि सन्धिखर्कका  केन्द्राध्यक्ष  टेकराज आचार्य,ज्योती माबि ठाडाका  केन्द्राध्यक्ष शंकर आर्चाय सहित कर्मचारी र सरोकारवालाहरुको सहभागीता रहेका थियो ।
कार्यक्रम जिल्ला परिक्षा समन्वय समितीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको अध्यक्षता, इकाइ प्रमुख मनिराम पराजुलीको स्वागत तथा बिषयवस्तु माथी प्रकाश र प्रास राम प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close