भूनपा २ मा वडास्तरिय युवा क्लब गठन अध्यक्षमा टेकराज भुसाल चयन

सन्धिखर्क। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ्गमा वडास्तरिय युवा क्लब गठन भएको छ।वडा नम्बरको २ को वडा कार्यालयमा सम्पन्न भेलाले टेकराज भुसालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।

क्लबको उपाध्यक्षमा आशिका परियार, सचिवमा सुष्मा परियार, कोषाध्यक्षमा बिनोद खनाल तथा सदस्यहरुमा क्रमशः एलिना थापा, अस्मिता आचार्य, पूजा बेल्वासे, सन्ध्या खड्का, करिष्मा बस्नेत, सिमा सुनार, सुरेन्द्र बिक, कोपिल खनाल, गोकुल बस्नेत, अस्मिता बेल्वासे, अशोक सुनार र अनिल बिकलाई निर्वाचित गरेको छ।

युवा क्लब गठन प्रक्रिया कार्यबिधी अनुसार वडा भित्र रहेका १६ वर्षदेखि २४ वर्षसम्मका विभिन्न समूहका युवाहरूको उपस्थितिमा गरिएको भेलामा भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापा (क्षेत्री), वडा सचिव बादल कुशुवाहा, कृषि प्राविधिक प्रकाश नेपाली लगायतको आतिथ्यता रहेको थियो।
भेला वडा सदस्य नारायण प्रसाद खनालको अध्यक्षता र टेकराज भुसालको संचालनमा सम्पन्न हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close