अर्घाखाँचीको मालारानीमा चट्याङ लागेर १ को मृत्यु , ४को अवस्था गभ्भीर

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिका ९मा हावाहुरी सहितको चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ४ जना गभ्भीर घाइते भएका छन । गोखुङ्गाको लादेकापोखरामा चट्याङ लागेर गभ्भीर घाइते भएका २० वर्षिय मिलन खनालको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

४ जना गभ्भीर घाइते हुनेमा लिलबहादुर पुन,चन्द्रबहादुर पुन,दामोदर खनाल र जेमबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।घाइते मध्ये केहिको सन्धिखर्ककमा उपचार भैरहेको र केहीलाई बुटवल रिफर गरिएको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close