जनचेतना सरोकार मञ्च अर्घाखाँचीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सागर महत /अर्घाखाँची ।
भारतमा काम गर्ने प्रवासी परिवारको आर्थिक सशक्तीकरण परियोजनामा काम गरिरहेको BER परियोजनाको अनुभव र सिकाई विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।जनचेतना सरोकार मञ्च अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका संयोजक युवराज ज्ञवालीले आर्थिक वर्ष २०७७÷०७८ को कार्यप्रगती विवरण पेश गर्नुभएको थियो । विशेष गरि रोजगारीका कारण भारतमा गएका परिवारले केही समय पहिला पैसा पठाउँदा सदरमुकाम जिक्न आउनु पर्ने बाध्यता हटेर गाउँमै सहकारी मार्फत रेमिट्यान्स सेवा समेत प्राप्त गर्न थालेपछि सदरमुकाम आउनु पर्ने बाध्यता हटे सँगै पैसाको पनि धेरै बचत र आफ्नो घरमा अन्य काम गर्नको लागि सहज पुगेको बताईएको छ भने कोरोनाको समयमा भारत बाट रोजगार गुमाएर आएका नागरिक लाई संस्थाको पहलमा व्यवसाय गर्नको लागि लोकल कुखुरा,बाख्रा ,मौरीका घार वितरण गरेकोले थप लगानी थपी स्वारोजगार हुनको लागि धेरै व्यक्ती उत्साहित भएको बताएको छ । यस्तै स्वरोजगार बनाउन ३५ सय लोकल कुखुरा, २ सय ४० मौरीका घार समेत वितरण गरेको संयोजक ज्ञवालीले जानकारी दिनुभयो ।
अक्सफाम नेपालको सहयोगमा जनचेतना सरोकार मञ्चले भुमिकास्थान नगरपालिका वडा नम्बर १, २, ३, ४ शितगंगा नगरपालिका वडा नम्बर५, ६ त्यस्तै मालारानी गाउँपालिका वडा नम्बर ४, ६ मा आफ्ना गतिविधी गर्दै आएको छ । संस्थाको तिन बर्षे परियोजनाको कुल बजेट २ करोड २८ लाख ७६ हजार ३सय १४ रुपैयाँको बजेट रहेको थियो ।कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समितीका सभापती तथा कार्यक्रमका प्रमुख अतिथी पिताम्बर शर्मा भुसालले जिल्ला मा विभिन्न संस्था आइ छोटो समयमा राम्रा काम गरे पनि लामो समय नरहने गरेको बताउदै आगामी दिनमा यि यस्ता संस्था लामो समय सम्म काम गर्ने उदेश्य राख्नु पर्नेमा जोड दिनुभयो ।अर्के तर्फ छोटो समयमा भारतमा रोजगारि गर्न गएका परिवारका लागि आत्मनिर्भर बन्नको लागि टेवा पुराएकोले संस्था लाई धन्यवाद दिनुभएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले मुख्यतय नगरपालिका भित्र केद्रित कार्यक्रम भएकाले यो संस्थाले नगरपालिकाका नागरिकको दैनिकी मा समेत परिवर्तन ल्याएकोले हाल सम्म नगरपालिकाले सहकार्य गदै आएकोले आगामी दिनमा पनि सहकार्य गरेर अगाडी बढ्ने बताउनुभएको हो । विशेष गरि प्रदेश बाट आउने रेमिट्यान्स
रकमले आर्थिक स्तर बृद्वी गर्नको लगि उत्पादन क्षेत्रमा लगाउन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष तथा नगर प्रवक्ता बाबुराम पन्थी ,सुनार, गैर सरकारी संस्थाका ठाकुरप्रसाद अधिकारी,महिला सहकारीका तर्फबाट सृजना थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममाभुमिकास्थान नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भोजराज खनाल, वडा नम्बर २ का वडाअध्यक्ष बुद्धी थापा, वडा नम्बर ३ का वडाअध्यक्ष बालकृष्ण बञ्जाडे, कृषी ज्ञान केन्द्रका सुचना अधिकारी महेन्द्र ओझा, पत्रकार लगायतको उपस्थिीती रहेको थियो ।भोली (सोमबार) भुमिकास्थान नगरका विभिन्न वडामा संस्थाले गरेका गतिविधीको अनुगमन गरिने बताईएको छ।कार्यक्रम संस्थाका अध्यक्ष लेखनाथ भुसालको अध्यक्षता, उपाध्यक्ष मिना नेपालीको स्वागत मन्तव्य तथा कोषाध्यक्ष डेमबहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !