छत्रदेव गाउँपालिकामा किशोरी आत्मरक्षा तालिम आजबाट सुरु

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले यौनजन्य तथा विभिन्न प्रकारका घटनाबाट किशोरीहरु कसरी सुरक्षित रहने र त्यस्ता घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले किशोरी आत्मरक्षा सम्बन्धी तालिम आजबाट सुरु भएको छ।


शारदा माध्यमिक विद्यालय वडा नम्बर ४ केरुङगामा सञ्चालित तालिममा विद्यालयका किशोरीहरु तालिममा सहभागी रहेको छ। उदघाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले किशोरीमाथि शारीरिक तथा मानसिक रुपमा हुने गरेका विभिन्न घटनाबाट सुरक्षित रहनका लागि यो तालिम प्रभावकारी हुने बताउनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष मनी पन्थीले भन्न्नुभयो तालिममा आत्मरक्षाका धेरै सिप सिक्ने अवसरलाई सोही सदुपयोग गर्न आग्रह गर्नुभयो।


वडा नम्बर ४का वडा अध्यक्ष भिमलाल खनालले किशोरीलाई शारीरिक तथा मानसिक रुपमा आत्मरक्षा तालिम समय परिवेश भएकाले धेरै भन्दा धेरै ज्ञान प्राप्त गर्न आग्रह गर्नुभयो ।
गाउँपालिकाको महिला बालबालिका तथा समाजकल्याण इकाई शाखाको आयोजनामा सुरुभएको ७ दिने तालिम जेठ १२ गते सम्म संचालन हुने शाखा प्रमुख शारदा बिकले जानकारी दिनुभयो।उद्घाटन कार्यक्रम वडा नम्बर ४ का वडा सचिव भाष्कर आचार्यको संचालनमा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close