अर्घाखाँची कार्यालय रहेको संघिय खानेपानी आयोजनाको ७८ प्रतिस वित्तिय प्रगती

सुर्य भुसाल /अर्घाखाँची
संघिय खानेपानी तथा ढल ब्यवस्थापनआयोजना अर्घाखाँचीले यस आर्थिक वर्षमा ७८ प्रतिसत वित्तिय प्रगति कायम गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा विगतका बर्षहरुमा भन्दा उत्कृष्ट प्रगति हासिल गर्न सफल भएको हो । जिल्लामा आयोजनाको मुख्य कार्यलय सन्धिखर्कमा रहेता पनि अर्घाखाँची ,गुल्मी, पाल्पा गरि ३ जिल्ला कार्यक्षेत्र पर्ने आयोजना का सिनियर डिभिजन ईन्जिनियर किरण आचार्यले जानकारी दिनुभयो ।

थोरै जनशक्ती भएपनि ७८ प्रतिसत काम यो आर्थिक वर्षमा गरिएको तथा आगामी आर्थिक वर्षमा यसलाई बढाएर लैजाने बताउनुभयो । यता बहुवर्षिय ठेक्का हरु पनि यो बर्ष सन्तोषजनक प्रगति तर्फ अगाडि बढेका छन । अर्घाखाँचीमा भन्दा धेरै ठुला योजना हरु गुल्मी जिल्लामा छन भने अर्घाखाँची जिल्लामा पनि ठुला योजनाहरुको काम अगाडि बढने तैयारी मा छन ।कार्यलयमा डिभिजन ईन्जिनियर सहित ४ जना ईन्जिनियर को दरबन्दी भएपनि १ ईन्जिनियर १ कार्यलय प्रमुख कार्यरत रहेको जनाएको छ ।बहुबर्षिय योजनाको काम पनि दुर्त गतिमा अगाडि बढिरहेका छन । कार्यलयले काम गर्दा सहजिकरण गरेकाले काम गर्न सहज भएको खाँची निर्माण सेवाका संचालक गौतम भुसाल जानकारी गराए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close