सन्धिखर्कमा ५० प्रतिशत अनुदानमा मौरीका घार वितरण

सागर महत,वैशाख ११,सन्धिखर्क ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले किसानलाई आयआर्जनमा सघाउन अनुदानमा मौरीका घार वितरण गरेको छ ।

किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो। कृषि क्षेत्रमा रोजगारीका सम्भावना धेरै भएकाले यसलाई उद्यमशीलताको रूपमा विकास गर्नुपर्ने आवश्यकता भएकाले १सय २१ वटा मौरीका घार वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको भनाइ छ। यस्तै महको बजारीकरणमा पनि समस्या नभएकाले उत्पादनमुखी क्षेत्रमा नगरपालिकाले लगानी गरेको बताउनुभयो ।

किसानको व्यक्तीगत फममा अहिले नगरपालिकाले सुचना जारी गरेको थियो ।सोहि बमोजिम आवश्यक क्षेत्र पहिँचान गरि नगरभित्र रहेका १२ वटा वडाबाट छनोट भएका ५२ जना किसानलाई मौरीको घार वितरण गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।यि मौरीका घार अर्घाखाँचीको छत्रदेव ६मा निर्माण भएका हुन ।सोहि ठाउँबाट खरिद गरिएको उहाँको भनाइ छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close