अर्घाखाँचीमा कोरोना संक्रमण करिव १ महिना यताकै उच्च,१८ जनामा संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा कोरोना संक्रमण दरको संख्या करिव १ महिना पछि वृद्वी हुन थालेको छ । गत भाद्र ९ गते यताको डाटा हेर्ने हो भने क्रमश घट्दै आएको कोरोना संक्रमण दर आज देखि वृद्वी भएको छ । पछिल्लो केहि दिन यता भिडभाडका कार्यक्रम सहित अन्य सम्पुर्ण क्षेत्र संचालन भएकाले कोरोना संक्रमण दरको संख्या बढेको छ ।यस्तै पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ४ जना,मालारानी गाउँपालिकामा २ जना,पाणिनी गाउँपालिकामा १२ जना गरि १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार २ सय ४० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमण मुक्त भए संगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ४हजार ९२ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।
अब सक्रिय कोरोना संक्रमितको संख्या ६७ जना रहेका छन । सन्धिखर्क नगरपालिकामा ३२ जना,भुमिकास्थान नगरपालिकामा ३ जना,शितगंगा नगरपालिकामा ५ जना,मालारानी गाउँपालिकामा ७ जना,पाणिनी गाउँपालिकामा १७ जना र छत्रदेव गाउँपालिकामा ३ जना गरि ६७ जना सक्रिय कोरोना संक्रमित रहेका छन । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८१ रहेको छ ।
कमेन्ट गर्नुहोस !