त्रिवेणी सहकारीको ११ औं साधारण सभा सन्धिखर्कमा सम्पन्न

सागर महत,अर्घाखाँची ।
त्रिवेणी बचत तथा ऋण सहकारी संस्था अर्घाखाँचीको ११ औं साधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गदै जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसालले सहकारीको महत्व र आवश्यकता पछिल्लो समय पहाडी जिल्लामा बढ्दै गएको बताउनुभएको छ ।जसको प्रभावले जिल्लामा मात्र करिव २६ हजार नागरिक सहकारीताको सदस्य भएका छन,अहिलेको थोरै रकमको बचतले भविश्यमा आइपर्ने आर्थिक आवश्यकता पुरा गर्नेमा सहज हुने बताउनुभयो।


सहकारीको आवश्यकता बारेमा जिल्लाका ६ वटा स्थानीय तहमध्ये कुनै पनि पालिकाले दिर्घकालीन योजना बनाउन नसकेकाले यस बारेमा जिम्मेवार हुनको लागि आफुहरुले पटकपटक सुझाव दिदै आएको भुसालको भनाई छ।जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष द्रोणप्रसाद भुसालले सहकारीले सानो व्यवसाय देखि ठुलो व्यवसायमा सहज तरिकाले ऋण प्रभा गर्ने भएकाले यसको महत्व बढ्दै गएको बताउनुभयो ।

४२ सहकारी संस्था सन्धिखर्क नगरपालिकामा दर्ता भएको नगरपालिका सहकारी शाखा प्रमुख जिवनारायण आचार्यले बताउनुभयो ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष कमल प्रसाद घिमिरे, कोषाध्यक्षको तर्फबाट माधवा भुसाल, लेखा सुपरिवेक्षण समितिको तर्फबाट चोपनारायण बन्जाडे र व्यवस्थापक तुल्सीराम खनालले छुट्टा–छुट्टै प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गोबिन्द बिसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


सहकारीमा हाल सम्म पुँजी १४ करोड ८९ लाख पुगेको छ ।शेयर सदस्य र बाल सदस्य गरी ११ सय ६० जना शेयर सदस्यहरु आबद्ध रहेको बताईएको छ । पछिल्लो समय संस्थाले जिल्लामा बिभिन्न सामाजीक र सचेतनामुलक गतिबिधिहरु समेत सञ्चालन गर्दे आईरहेको संस्थाका व्यवस्थापक तुल्सी खनालले बताउनु भएको छ ।

साधारणसभाको अवसर पारी ७० बर्ष माथिका ४ जना जेष्ठ सदस्यहरु प्रेमप्रसाद भुसाल, रेशमराज भुसाल, खड्ग बहादुर थापा र इन्द्रबहादुर खड्कालाई सम्मान गरेको छ ।

पत्रकारीताको क्षेत्रबाट संस्थालाई सहयोगगर्ने पत्रकार सागर महतलाई नगद र प्रमाणपत्रले सम्मान समेत गरेको छ ।

यस्तै सहकारीले सेयर सदस्यहरुका छोराछोरीको तर्फबाट एसइइ परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यार्थीहरुलाई सम्मान गरेको छ । सम्मान हुनेमा अप्सरा चुदाँली,दिपा बन्जाडे,विप्लव खनाल रहेका छन् ।संस्थाले असल कारोवार गर्ने ६ जनालाई पनि सम्मान गरेको छ ।जसमध्ये जुना खत्री,निर्मला खत्री (क्षेत्री)रिता महत,सपना खड्का,सरिता शाहि रहेका छन् ।


यस्तै साधाराण सभाको अबसरपारी संस्थाले पहिलो मालीक सम्मान सहित शेयर सदस्य कल्याणकारी कोष अन्र्तगत शेयर सदस्य भिमि खनाललाई १५ हजार आर्थिक रकम पनि हस्तान्तरण गरेको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष कमलप्रसाद घिमिरेको अध्यक्षता, उपाध्यक्ष यमकला बन्जाडेको स्वागत मन्तब्य र सचिब नारायण प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close