दाङमा आगोलागी बाट मृत्यु भएका पाँचैजनाको पहिचान खुल्यो

दाङ ।दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ का ४० वर्षीय नजरदिन अली, ६ वर्षीय आबिददिन अली, अन्दाजी १४ वर्षीया साजिदा खातुन, १४ वर्षकै हसन बकस र १७ वर्षीय मसिन बकस रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

शव पोष्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल लगिएको छ। इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा आगो लाग्दा जुत्ता–चप्पलको होलेसल पसल तथा गोदाममा पनि क्षति पुगेको छ।राति सुतिरहेका बेला आगलागी भएकाले ठूलो मानवीय क्षति भएको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close