प्यूठानमा खोलाले बगाउँदा एक ब्यक्ति बेपत्ता

प्यूठान ।प्यूठानमा खोलाले बगाउँदा एक ब्यक्ति बेपत्ता भएका छन । जिल्लाको मल्लरानी गाउँपालिका वडा नम्बर ३ का करिब ४१ वर्षीय हिराबहादुर बिकलाई स्थानीय छापेखोलाले बगाएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

सडक निर्माणको काम गर्ने बिकलाई काम सकेर घर जाने क्रममा मंगलबार साँझ छापेखोलाले बगाएर बेपत्ता बनाएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिए।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close