अर्घाखाँचीमा कोरोनाविरुद्धको पहिलो खोप लगाउँदै तयारी पुरा

अर्घाखाँची ।अर्घाखाँचीमा जेठ २६ गते (बुधबार) ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको पहिलो खोप लगाउँदै छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ७सय ४५ डोज,शितगंगा नगरपालिमामा ७सय ३० डोज,भुमिकास्थान नगरपालिकामा ५ सय ७८ डोज,मालारानी गाउँपालिकामा ४ सय ७७ डोज,पाणिनी गाउँपालिकामा ४ सय ६५ डोज र छत्रदेव गाउँपाकिामा ३सय ७५ डोज खोप आएको छ ।

सोहि खोप  बुधबार वडा स्तरमा रहेका स्वास्थ्य चौकीबाट लगाइने स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले जानकारी दिनुभयो । खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानुपर्नेछ । यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close