सन्धिखर्क ७ मा विद्याथीलाई न्यानो कपडा बितरण

अनिल नेपाली पुष ६अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ मा ६८ जना विद्याथीलाई न्यानो कपडा बितरण गरिएको छ ।रहेका मुक्ति आधारभूत विधालय ३१ जना र भगवती आधारभुत बिधालय ३७ दलित र गैरदलित विधार्थीलाई दलित लक्षित कार्यक्रम बाट न्यानो कपडा बितरण गरिएको हो। कार्यक्रम सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष चुरा ब केसीले मन्तब्य राख्दै चिसो बढ्दै गएसँगै असहाय अशक्त गरिब उत्पिडित समुदायका विद्यार्थीहरु यस विद्यालयमा रहेको भन्ने थाहा भएपछि न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष केसीले बताउनुभएको छ ।
पढाइमा मनोवल र चिसोमा सहजता पूर्वक विद्यालयमा पढ्न आउन जान मद्दत पुग्ने बताउदै विद्यालयमा गरिब, दलित, जनजाति विद्यार्थी ९० प्रतिशतले मात्रै अध्यन गरेको बताउदै आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालयमा आउँदा एकसरो कपडा समेत लगाउन समस्या परेका बिधार्थी सहज होस् भनेर न्यानो कपडा बितरण गरेको बताउनुभएको हो ।
कार्यक्रममा मुक्ति आधारभुत विधालयकी प्रधानाध्यापक बिष्णुमाया पन्थी आचार्य , भगवती आधारभुत बिधालयका प्रधानाध्यापक हरि भट्टराई लगायतले मन्तब्य राख्नु भएको थियोे कार्यक्रममा वडा सदस्य पुष्पा नेपाली डुकलाल पोखेल मिना ज्ञवाली लगायतको उपस्थिति रहेको थियो कार्यक्रम वडा सचिव सीता बिसि पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियोे ।




कमेन्ट गर्नुहोस !