प्रशासन र घरेलुको आयोजनामा सन्धिखर्कमा बजार अनुगमन सडक पेटीका सामग्री हटाउन निर्देशन

सागर महत,भदौ २३सन्धिखर्क ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनामा सन्धिखर्कमा बजार अनुगमन गरिएको छ ।
सन्धिखर्क नगरपालिका १ र २मा पर्ने भक्तीटोला,हललाईन ,शान्ती बगौंचा लगायतका क्षेत्रमा रहेका किराना तथा गल्ला ,होटल,दालमोट उद्योग ,डेरी,फेन्सी,मिष्ठान लगायतका पसल अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिनुभयो।
अनुगमनको क्रममा अधिकांमश पसलले सडक पेटी मिचि सामग्री राखेकाले त्यस्ता पसललाई तत्काल हटाउन निर्देशन दिएको उहाँले बताउनुभयो ।आगामी दिनमा नहटाए सामग्री जफत र कानुनी कारवाही गर्ने बताउनुभएको हो ।यात्रुको सुरक्षाका लागि पनि सडकको सामग्री हटाउन जरुरी रहेको भट्टराईको भनाई छ ।
पसल दर्ता नगरेको, धेरै पुँजी भएर कम पुँजी देखाएको,मुल्य सुचि नराखेको,बोर्ड नराखेको पाईएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीकी कार्यालय प्रमुख दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।सुधार गर्नको लागि समय प्रदान गरिएको छ ।यस्तै केहि होटलमा फोहोर भएकोले त्यस्ता होटललाई सुधार गर्न समेत आग्रह गरिएको हो ।यस्तै सामान गरिद गर्दा उपभोक्ताले पनि त्यसको मुल्य र सोहि बस्तुको म्याद हेर्न जरुरी रहेको न्यौपानेले बताउनुभयो ।
अनुगमनमा सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख रामबहादुर थापा,उद्योग वाणिज्य सघ अर्घाखाँचीको तर्फबाट रुद्र श्रेष्ठ,जिल्ला प्रशासन कार्यालयकी गोमा बस्नेत ,घरेलु तथा साना उद्योगका सुचना अधिकारी हुमबहादुर विक,हरि खनाल,सुरक्षाक्रमी पत्रकार लगायतको सहभागीतामा बजार अनुगमन गरिएको हो ।
कमेन्ट गर्नुहोस !