आन्दोलन स्थगित भएसँगै अर्घाखाँची सहित देशभर सार्वजनिक गाडी चल्न थाले

अर्घाखाँची,जेठ२१ । यातायात व्यवसायीको आन्दोलन स्थगित भएसँगै अर्घाखाँची सहित देशभर सार्वजनिक गाडी चल्न थालेका छन् ।केन्द्र सरकारको आग्रहपछि गण्डकी प्रदेश सरकारले १ महिनाका लागि भन्दै राइड सेयर नियमावली स्थगित गरेको थियो। प्रदेश सरकारको निर्णयसँगै यातायात व्यवसायीले यातायात बन्द गर्ने कार्यक्रम स्थगन गर्दै तत्कालका लागि गाडी चलाउने निर्णय गरेका हुन्।

उनीहरुको आन्दोलन स्थगन भएसँगै गएराति देखि नै सार्वजनिक गाडी चल्न थालेका हुन् ।अस्ति सोमवार सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । तर सहमतिको कार्यान्वयन नभएको भन्दै हिजो दिनभर व्यवसायीले सार्वजनिक गाडी चलाएका थिएनन् । सार्वजनिक गाडी नचल्दा हिजो र अस्ति दुई दिन यात्रुले सास्ती खेप्नुपरेको थियो ।

हिजो बेलुका बसेको यातायात व्यवसायीको बैठकले तत्कालका लागि आन्दोलन फिर्ता लिने निर्णय गरेको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close