प्रजातन्त्र दिवसको अबसरमा मन्त्री रोज राणाको शुभकामना संदेश

लुम्बिनी ।लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री नेपाली काङ्ग्रेसका युवानेता सरोज थापा ( रोज राणा ) ले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य मान्यता आदर्शप्रति प्रतिबद्ध रहन सबै नेपाली लाई प्रेरणा प्राप्त हुने बिश्वास ब्यक्तगरेका छन ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा मन्त्री राणाले देशबासि लुम्बिनी प्रदेशबासि तथा सम्पुर्ण स्वदेश तथा बिदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई शुभकामना ब्यक्त गरेका हुन साथै उनले प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गरेका छन ।
“विसं २००७ को प्रजातान्त्रिक आन्दोलनले नेपाली जनतालाई निरङ्कुशताको अन्धकारबाट मुक्त गरी स्वतन्त्रता ल्याएको थियो”, मन्त्री राणाले दिएको सन्देशमा भनिएको छ, “प्रजातन्त्र दिवसले हामीलाई लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने उल्लेख्य गरिएको मन्त्री राणाको सचिवालयले उल्लेख्य गरेको छ ।
कमेन्ट गर्नुहोस !