कोइरी पक्राउ नहुँनुमा गृह प्रशासन नै मुख्य दोषी: एमाले सचिव महासेठ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी पक्राउ नपर्नुमा गृह प्रशासन नै मुख्य दोषी रहेको नेकपा एमालेले आरोप लगाएको छ । नेपाल समाचारपत्रसँग आइतबार कुरा गर्दै एमाले सचिव रघुवीर महासेठले कोइरी पक्राउ पर्न नसक्नुमा गृह प्रशासन नै दोषी भएकोे दाबी गर्नुभयो ।

सांसद कोइरीलाई पार्टीले वा पार्टीका नेताहरूले संरक्षण गरेको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्दै महासेठले प्रश्न गर्नुभयो– ‘अदालतबाट दोषी ठहर भई फरार प्रतिवादीको सूचीमा रहेको सांसदलाई पक्राउ गर्न गृहमन्त्रीले नै निर्देशन दिइसकेको अवस्थामा किन पक्राउ गर्न सकिएन ।’

कोइरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा संसद् भवनमा उपस्थित रहेको जिकिर गर्दै महासेठले भन्नुभयो– ‘सांसद संसद्भवन छिर्दा पनि बाहिरिँदा पनि प्रहरी हुन्छ । तर, पनि उनी पक्राउ नपर्नु गृह प्रशासनको मिलोमतो हो । कानूनी कारबाहीबाट बचाउन पार्टीले कसैलाई प्रभावित पारेको छैन, यो गृह मन्त्रालयको काम हो ।’

सचिव महासेठले न्यायिक इजलासबाटै दोषी ठहर भएको व्यक्तिलाई गृहमन्त्रीले पनि निर्देशन दिनु नपर्ने धारणा राख्दै यसमा गृह प्रशासनकै कार्यशैली शंकास्पद भएको टिप्पणी गर्नुभयो । मधेस आन्दोलनको क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका जवान प्रेमबहादुर विकको हत्या प्रकरणमा महतोलाई उच्च अदालतले दोषी ठहर गरेको थियो । हत्या आरोपका बीच उनी महोत्तरी १ बाट संघीय सांसद निर्वाचित हुनुभएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close