सन्धिखर्कमा योग प्रशिक्षण तालिम सुरु

सन्धिखर्क।पतञ्जलि योग समिति अर्घाखाँचीको आयोजनामा १५ दिने सह—योग शिक्षक प्रशिक्षण तालिम सन्धिखर्कमा आजबाट सुरु भएको छ । तालिममा योगले मानिसलाई हुने शारीरिक र मानसिक स्वास्थ्यता, शारीरिक आसन, योग आसन, योगका फाइदा बेफाइदा लगायत योग सँग सम्बन्धित ज्ञानहरू प्रदान गरिने बताएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ र उपप्रमुख मिश्रा आचार्यले मानव जीवनका लागी योग आवश्यक रहेको बताउनुभयो । साथै उहाँहरुले योगलाई शैक्षिक पाठ्यक्रममा समावेश गरी जीवनपयोगी शिक्षाको रुपमा विकास गर्नुपर्ने आवश्यक औल्याउनुभयो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारि बाबुराम अर्याल ,प्रहरी प्रमुख चक्र बहादुर मल्ल ,पत्रकार महाघका उपाध्यक्ष रुद्रमणी भुसाल ,पतन्जली योग समिति सदस्य शान्ता खत्री लगायतको उपस्थिति रहेको कार्यक्रम प्रेमनारायण पोख्रेलको अध्यक्षतामा उद्घाटन सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close