नवनियुक्त २१ मन्त्रीले लिए शपथ(विवरण सहित)

असार ३१, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा २१ मन्त्रीले शपथ लिएका छन् । प्रधानमन्त्री ओलीको शपथ लगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको सूची शीतल निवास पठाएका थिए ।

गत असार १७ गते बनेको कांग्रेस एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ । जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना मन्त्रीको नाम पठाएका छन्।

यस्ता छन् २१ जना मन्त्री
प्रकाशमान सिंह सहरी विकास

विष्णु पौडेल अर्थ
रमेश लेखक गृह
आरजु राणा परराष्ट्र
तेजुलाल चौधरी युवा तथा खेलकुद
अजयकुमार चौरसिया कानुन, न्याय तथा संसदीय मामिला
दीपक खड्का ऊर्जा
ऐनबहादुर शाही वन तथा वातावरण
प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या
बद्रीप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
रामनाथ अधिकारी कृषि तथा पशुपन्छी

पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि
राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन
विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि
देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात
बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
दामोदार भण्डारी  उद्योग, वाणिज्य तथा आपूर्ति
मानवीर राई रक्ष

प्रदीप यादव खानेपानी
नवलकिशोर साह सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close