शितगंगा नगरपालिकाको प्रशासकिय भवन उद्घाटन

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाको नवनिर्मित प्रशासकिय भवनको उद्घाटन भएको छ । नवनिर्मित प्रशासकिय भवनको नगरप्रमुख सुर्य प्रसाद अधिकारीले रिबन काटेर गरेर उद्घाटन गर्नुभएको हो ।भवन अभावमा विभिन्न समस्या खेप्दै आएको नगरपालिकाले अब सेवा प्रवाहमा सहयोग पुग्ने बताउनुभयो । नगरपालिकाको वडा नम्बर ३ मा १३ रोपनी क्षेत्रफलमा बनेको भवन यो जिल्लामै सुविधा सम्पन्न भवन हुने नगरप्रमुख अधिकारीको भनाई छ ।


भौगोलिक हिसावले देशको ठुलो नगरपालिका भएपनि हरेक क्षेत्रबाट पछाडी परेको नगरपालिकामा आफुहरु निर्वार्चीत भएपछि ९० प्रतिशत क्षेत्रमा विद्युत सेवा विस्तार गर्न सफलभएको र १० प्रतिशत क्षेत्रमा पनि विद्युतको पहुँच विस्तार गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।जिल्लाका नागरिकभएपनि सामान्य खोप सुविधा लिनको लागि करेचुलीका नागरिक पाल्पा,वडा नम्बर १४ का नागरिक कपिलबस्तु,जुकेना,जलुकेका नागरिक प्युठान जानुपर्ने माध्ययता थियो ।ति समस्याको समधान भएको छ ।अहिले नगरपालिकाले ३७ वटा स्वास्थ्य चौकी भवन स्थापना गरि सेवा प्रभा त्यहि बाट गरेको बताउनुभयो ,यस्तै खानेपानीको समस्या पनि धेरै ठाउँमा समस्याको समधान भएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

१ हजार ५० किलोमिटर क्षेत्र रहेको ठाउँमा हाल सम्म ७ सय ५० किलोमिटर सडक निर्माण गरेको बताउनुभयो । उत्पादनको आधारमा कृषक लाई अनुदान,एकल पुरुष,एकल महिलाको भत्ता प्रदान ,महर्षि पतञ्जलीको जन्म स्थान शितगंगामा रहेको पनि खोज र अनुसन्धानबाट पत्ता लगाउने लगायतका काम गरेको बताउनुभयो ।
यस्तै नगर उप प्रमुख टिका बहादुर रेस्मीका अनुसार नगरपालिकाको विकासको लागि ठुलो रुपरेखा कोरेको छौं,भवन निर्माण गर्नको लागि जग्गाको विषय धेरै चुनौंनी पार गर्नुपरेको बताउनुभयो ।

निर्वार्चीत जनप्रतिनिधि सबैको साझा उम्मेदार भएकाले कोही कतै कमजोरी छन भने त्यसको सुधारको लागि सुझाव सबैतिर बाट आवश्यक छ तर आफुहरुलाई दिने सल्लाह सुझावहरु सोझा नागरिक लाई नकारात्मक सन्देश दिनु गलत भएको बताउनुभयो ।कार्यपालिकाको बैठको निर्णय अनुसार भवन उद्घाटनको कार्यक्रममा आजको लागि तय भएको हो ।कार्यापालिकाको बैठकमा सहभागी जनप्रतिनिधि उद्घाटनमा सहभागी नहुनु गलत भएको उपप्रमुख रेस्मीले बताउनुभयो ।
भवन महादेव खिम्ती अन्जना पिटिआर जेभीले ४ करोड १४ लाख ९८ हजार ठेक्का सम्झौतामा निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिनुभयो।भवनको ८० प्रतिशत काम सम्पन्न भएको छ ।निर्वाचन कार्यालयको स्थापना गर्नको लागि भवन छिटो उद्घाटन गरेका छौं ।

अब सोहि भवन बाट नगरपालिकले निर्वाचनका गतिविधि गर्ने समेत बताउनुभयो ।त्यसपछि कार्याललयका सम्पुर्ण सेवा त्यहि बाट प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत खनालको भनाई छ ।कार्यक्रममा नगर प्रबक्ता दामोदर न्यौपाने, वडा अध्यक्ष हेमनाथ भुसाल , नेपाली कांग्रेसका नेता छबिलाल पौडेल, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष माधव प्रसाद पौडेल, एकीकृत समाजवादीका नारायण शर्मा , राष्ट्रिय जनमोर्चाका रेशमराज बेल्वासे, नेकपा मालेका केदार बेल्वासे, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य , कलाकार खुमराज घिमिरे लगायतले मन्तब्य राख्नुभएको थियोे । कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालको अध्यक्षता, शिक्षा अधिकृत बिनोद पोख्रेलको स्वागत मन्तब्य र अधिकृत नुमलाल खनालको सञ्चालनमा सम्पन्न भएको थियोे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close