अर्घाखाँचीमा एकै दिन ४४ जना कोरोना मुक्त,११ जनामा संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन । सन्धिखर्क नगरपालिकामा ३० जना, भुमिकास्थान नगरपालिकामा १ जना,शितगंगा नगरपालिकामा ५ जना ,मालारानी गाउँपालिकामा ७ र छत्रदेव गाउँपालिकामा १ जना गरि ४४ जना कोरोना मुक्त भएका हुन ।योसँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३२ सय ९४ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सन्धिखर्क नगरपालिकामा ४ जना, मालारानी गाउँपालिकामा २ जना, पाणिनी गाउँपालिकामा ३ जन र छत्रदेव गाउँपालिकामा २ जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब संक्रिय कोरोना संक्रमितको संख्या ५ सय ७७ पुगेको छ ।यस्तै हाल सम्म कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ७९ रहेको छ ।
कमेन्ट गर्नुहोस !