यस वर्षको एसईई परिक्षामा ६१ प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक आज गरेको छ ।कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिनुभएको हो ।

गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो ।

बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केहीबेर लाग्ने बोर्डले जनाएको छ । नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close