अर्घाखाँची एक किसानले तरकारी बेचेको १लाख बढी देश निर्माणमा जम्मा गरे

अर्घाखाँची ,भदौ ३० ।अर्घाखाँचीका किसानले तरकारीबाट आम्दानी गरेको पैसा प्रधानमन्त्री दैवी प्रकोपमा जम्मा गरेका छन । जिल्लाको सितगंगा नगरपालिका वडा नम्बर २ का किसान तुल्सीराम अधिकारीले प्रधानमन्त्री दैवी प्रकोप १ लाख १ सय जम्मा गर्नुभएको छ।
फेरि देशका यस्तो नहोस्, म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश, हामी बनाउँछौँ हाम्रो नेपाल भन्ने भावनासहित प्रधानमन्त्री दैवी प्रकोप उक्त रकम जम्मा गरेको बताउनुभएको छ ।प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल मार्फत उहाँले कृषि कर्मबाट आम्दानी गरेको रकम कोषमा जम्मा गरेको उहाँको भनाइ छ।
सिंहदरबार जल्दा मेरो आस्था पनि जलेको जस्तो लाग्यो, अब सबै मिलेर जुरुक्क उठाउनुपर्छ। सबैले सकेको सहयोग गर्नुपर्छ उहाँले बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी अर्यालले यस्तो सहयोगप्रति धन्यवाद व्यक्त गर्दै कृषि आम्दानीबाट आएको यो रकम पुनर्निर्माणमा ठूलो टेवा पुग्ने अपेक्षा रहेको बताउनुभएको हो ।रकम जम्मा पश्चात अधिकारीले भौचर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !