७ औं वर्ष देखि निरन्तर विद्यार्थीको रोजाइमा पर्न सफल लगइन

बुटवल ।लगईन एजुकेशन एण्ड टेक्निकल नेर्टवर्क प्रा.लि ले छैठौं वर्ष पूरा गरी ७ औं वर्षमा प्रवेश गरेको छ ।स्तरीय शिक्षा दिने उद्देश्यका साथ सञ्चालित रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ गोलपार्क मा कार्यालय रहेको छ । मुख्य गरि शिक्षकहरूको प्रत्यक्ष निगरानीमा विद्यार्थीहरूले पढ्न र सिक्न पाउनु यसको विशेषता हो ।
लगइन एजुकेसनले आफ्नो ७ औं वार्षिक स्थापना दिवस श्रावण ४ गते भब्यताका साथ मनाउदै छ ।
२०७५ श्रावण ०४ गते दर्ता भई सन्चालनमा आएको लगइनले हाल कम्प्युटर कक्षा , लोकसेवा तयारी कक्षा , शिक्षक सेवा तयारी कक्षा ,अङ्ग्रेजी , जापानिज , कोरियन भाषाका कक्षा , सबै तहका टिउसन कक्षा ,,IElTS ,PTE कक्षाहरु सन्चालन गर्दै आएको छ ।
साथै श्रावण ४ गते दिन भर्ना हुने विद्यार्थीलाई सम्पुर्ण कोर्षहरुमा बिशेष छुट को ब्यबस्था रहेको सन्चालक अर्जुन खनालले जानकारी दिनुभयो ।
दक्ष तथा अनुभवी प्राध्यापकहरूबाट पठनपाठन हुने यस लगइन एजुकेसन एण्ड टेक्निकल नेटवर्कमा उच्च विधियुक्त कक्षाकोठा, इन्टरनेट सुविधा रहेको सन्चालक खनालको भनाइ छ ।
हाल लगईन मा ५सय भन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन ।
शिक्षाको गुणस्तरमा सधै अगाडी रहेकोमा आगामी दिनमा विद्यार्थीको मागको आधारमा थप कक्षा संचालन गर्ने पनि जनाएको छ ।यहाँका पढेका विद्यार्थीहरु एक सय भन्दा बढी विद्यार्थी सरकारी जागीरमा पनि प्रवेश गरेका छन ।
कमेन्ट गर्नुहोस !