अर्घाखाँचीमा निर्वाचन सुरक्षामा म्यादी प्रहरी खटिए,टिकटक बनाए कार्वाही

सागर महत,अर्घाखाँची ।अर्घाखाँचीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीलाई प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कुनै राजनितिक दलप्रति आस्था नराखी सुरक्षामा खटन आग्रह गरेका छन् ।
सदरमुकाम सन्धिखर्कमा १० दिन सम्मको तालिम लिएपछि निर्वाचन लक्षीत सुरक्षामा खटिन लागेका म्यादी प्रहरी लाई यस्तो बताएका हुन ।यदि कुनै आस्था प्रलोभनमा राखेर सुरक्षा प्रदान गरेमा कानुनी नियम अनुसार कार्बाही गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
सुरक्षामा खटिने क्रममा आफ्नो पोसाकको दुरुपयोग गरि सामाजिक संजालमा भिडियो,तस्वीर राख्ने,र प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएको खण्डमा कार्बाह गरिने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी गराए ।
६ वटा स्थानीय तहमध्ये तिन नगरपालिका र तिन गाउँपालिका रहेको जिल्लामा १ हजार १ म्यादी प्रहरी निर्वाचनको लागि सुरक्षामा खटिने छन ।सोहि अनुसार मंगलबार देखि निर्वाचन केन्द्रित सुरक्षाम म्यादी खटेको प्रहरी नायव उपरिक्षक रिजालले जानकारी दिए ।
कमेन्ट गर्नुहोस !