जनमतका आधारमा एमाले पहिलो पार्टी होःअध्यक्ष ओली

सागर महत,अर्घाखाँची । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धनले देश विकासको लागि कुनै निकास दिन नसकिने बताउनु भएको छ।मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत प्रशिक्षण दिन अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आउनुभएका उहाँले यस्तो बताउनुभएको हो ।(माओवादी) केन्द्रका अध्यक्ष तथा हालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई लक्षित गर्दै अध्यक्ष ओलीले सरकारमा सहभागी भएको २ दिनपछि नै एमालेविरुद्व षडयन्त्र रचिन थालिएको थियो उहाँको भनाइ छ ।यस्तै उहाँले जनमतको हिसाबको एमाले पहिले पार्टी भएको दाबी गर्नुभयो ।

मिसन ग्रास रूट कार्यक्रम अभियानले आगामी निर्वाचनसम्ममा एमालेले न्यूनतम ५१ प्रतिशत जनमत प्राप्त गर्ने दावी गर्नुभएको छ । जसको लागि वडा, पालिका, प्रदेश संघको निर्वाचनमा विजयी प्राप्त गर्नको लागि मिसन ग्रास रूट कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभयो ।
यता व्याकरणको रचयिता महर्षि पाणिनि ऋषिले व्याकरण रचना गरेको स्थान पाणिनि, पतञ्जलीको जन्म स्थल लगायत अर्घाखाँची सदियौ देखिको महत्वपुर्ण स्थल रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी, नेताहरु डाक्टर राजन भट्टराई, सुर्य थापा, विमला घिमिरे, चेतनारायण आचार्य, विजुला रायमाझी ,रामजी प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम एमालेका जिल्ला अध्यक्ष पिताम्वर भुसालको अध्यक्षता र सचिव तोजबहादुर रायमाझीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close