ऐरावतीमा किसानलाई उन्नत जातका बाख्रा वितरण

प्युठान,जेठ २२। ऐरावती गाउपालिका वडा नम्बर २ लामीदमारमा बाख्रा पालक किसान लाई बाख्रा वितरण गरीएको छ । लामिदमारमा रहेको लामिदमार स्वाबलम्वि समुहका २३ घरलाई ५० वटा उच्च नश्लका बाख्रा उपहार गरीएको हो ।गाँउपालिकामा सञ्चालन भएको कृषि तथा पशु विकासमा आधारीत सानाकिसान तथा युवा उद्यमशिलता परीयोजना अन्र्तरगत समुहलाई बाख्रा प्रदान गरीएको परीयोजना संयोजक नेत्र मरासिनीले बताउनुभयो ।


ऐरावती गाँउपालिका क्षेत्रमा बाख्रा पालनको प्रसस्त सम्भावना रहेकोले उच्च नश्लका बाख्रा बितरण पश्चात बाख्राको उत्पादकत्व बृद्धि गर्ने उदेश्यले बाख्रा बितरण गरीएको हो ।कृषि तथा पशुपालनको अबस्था परीवर्तन गरी कृषकको जिवनस्तर सुधार गर्ने हेतुले विगत देखिनै उच्च नश्लका बाख्रा तथा बोका वितरण कार्यलाई निरन्र्तरता दिइरहेको पालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बाख्रा पालनको परम्परागत विधिलाई परीवर्तन गरी व्यबस्थित गर्न किसानहरुले थालेकोमा आफुहरु खुसि बनेको उहाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले वितरण गरेका बाख्राको सहि व्यबस्थापन गरी जिवनस्तर सुधार गर्न कृषकहरु लाग्नुपर्ने बताउनुभयो ।

बाख्रा पालनको सम्भावना र कृषकको आवश्यकता लाई महसुस गरी बाख्रा वितरण गरीएको भन्दै उहाले आगामी बर्ष उत्पादन तथा उत्पादकत्व बृद्धि हुनेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो ।सोहि कार्यक्रममा वडा अध्यक्ष भिमेश घर्तिले साना किसानको आर्थिक अबस्था परीवर्तन गर्न पालिकाले चालेको कदममा किसानको हातेमालो भएमा मात्र कार्यक्रम सफल हुने बताउनुभयो ।बाख्रा प्राप्त गरेछि समुह सदस्यहरुले आफुले पाएको बाख्रा बाट उत्पादन बृद्धि गर्दै आगामी दिनमा आफुजस्तै अन्य किसानलाई उपहारको रुपमा बाख्रा उपहार गर्न आफुहरु तयार हुने बताएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close