भेटेरेनरी अस्पताल अर्घाखाँचीको आयोजनामा ग्रामीण स्थलगत कुखुरा पालन तालिम संचालन

सागर महत,सन्धिखर्क ।भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीको आयोजनामा ग्रामीण स्थलगत कुखुरा पालन तालिम सम्पन्न भएको छ । जसअन्तर्ग मालारानी गाउँपालिकाको वडा नम्बर ५ बाँगी,सन्धिखर्क नगरपालिका वडा नम्बर २ बेओरे र वडा नम्बर १२ को टाकुरामा एकै दिन तालिम भएको हो ।
सोहि अनुसारको कार्यालय बाट जनशक्ती परिचालन गरि तालिम संचालन गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख विष्णु प्रसाद पौडे्लले जानकारी दिनुभयो ।
तालिममा सहभागीहरुलाई १ ठाँउमा कुखुराका स्थानीय जातका चल्ला वितरण गरिएको हो ।यस्तै बाँकी रहेको २ वटा क्षेत्रमा पनि कुखुरा वितरण गर्ने उहाँले बताउनुभयो ।७५ जना कृषकलाई प्रति कृषक ५० का दरले गर्दा ३ हजार ७सय ५० कुखुरा वितरण गर्ने कार्यालय प्रमुख पौडे्लले बताउनुभयो। तालिममा कुखुरा पालनको अवधि, कुखुरापालन सम्बन्धी विभिन्न विषयबस्तुहरु जस्तै खोर व्यावस्थापन, दाना व्यावस्थापन, स्वास्थ्य व्यावस्थापन, जैविक सुरक्षा लगाएत वजारीकरण सम्बन्धि विषयमा प्रशिक्षण दिइएको जनाएको छ ।
कमेन्ट गर्नुहोस !