अर्घाखाँचीमा थप ५२ जनामा कोरोना पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सहित जिल्लामा हाल सक्रिय कोरोना संक्रमितको संख्या २सय २९ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।जसअन्तर्गत सन्धिखर्क नगरपालिकामा १ सय २७ जना,भुमिकास्थान नगरपालिका ७४ जना,शितगंगा नगरपालिका १४ जना,मालारानी गाउँपालिका १७ जना, पाणिनी गाउँपालिका ८ जना ,छत्रदेव गाउँपालिकामा १६ जना सक्रिय संक्रमित रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो ।
योसँगै जिल्लामा हाल सम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या १ हजार ५६ जना पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ८ जना संक्रमित डिस्चार्ज सहित ८ सय १ जना संक्रमणमुक्त भएका छन् ।यस्तै पछिल्लो २४ घण्टामा मालारानी गाउँपालिकामा १ जनाको संक्रमण बाट मृत्यु भएको हो।यो सँगै कारोना बाट हाल सम्म मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
कमेन्ट गर्नुहोस !