अर्घाखाँचीमा ६ सय ५ जनामा डेंगु संक्रमण पुष्टि, स्क्रब टाइफसबाट २ को मृत्यु

सागर महत,अर्घाखाँची । अर्घाखाँचीमा हालसम्म ६ सय ५ जना मानिसमा डेंगु संक्रमण पुष्टि भएको छ ।संक्रमित हुनेमा सबै भन्दा बढी सन्धिखर्क नगरपालिका रहेका हुन् । सन्धिखर्कमा ४ सय ५ जना मानिस डेंगु संक्रमित रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । त्यस्तै भूमिकास्थानमा ९९ जना, पाणिनीमा १९, मालारानीमा, ३१ जना, छत्रदेवमा ३७ र अन्य १४ जना गरी ६ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बिकले जानकारी दिनुभयो ।

साथै स्क्रब टाइफसको संक्रमणबाट २ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । मृत्यु हुनेमा भूमिकास्थान नगरपालिकाका २ जना पुरुष रहेको उहाँले बताउनुभएको छ । त्यस्तै २ सय १६ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको समेत सूचना अधिकारी बिकले बताउनुभयो ।

जसमध्ये सन्धिखर्कमा १ सय ४, भूमिकास्थानमा ७७, शितगंगामा ३, पाणिनीमा १०, मालारानीमा ९, छत्रदेवमा ७ र अन्य ६ गरी २ सय १६ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close