नेकपा एमाले पार्टी एकतालाई जोगाउन अझै प्रयास रहन्छःविष्ट

काठमाण्डौ ।नेकपा एमालेका नेता गोकर्ण विष्टले नेकपा एमाले पार्टी एकतालाई जोगाउन अन्तिम समयसम्म इमान्दार प्रयत्न रहने बताउनुभएको छ ।उहाँसहित १५ जना नेताले बुधबार विज्ञप्ति निकालेर पार्टी एकताका पक्षमा जोड दिनुभएको थियो ।नेता माधवकुमार नेपालनिकट रहनुुभएका विष्टले एमालेको पार्टी संरचना २०७५ जेठ २ अनुसार अगाडि बढाउनुपर्नेमा पनि जोड दिनुभएको छ ।आज सामाजिक सञ्जालमार्फत विष्ट यस्तो प्रतिक्रिया दिनुभएको हो ।उहाँले राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नसक्ने पनि उल्लेख गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close