आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाण्डौ ।आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान सवा ९ बजेदेखि कीर्तिपुर मैदानमा शुरु हुनेछ । नेपाल र नेदरल्यान्ड्सले यसअघि तीन पटक एकदिवसीय खेल खेलेका छन् । जसमा नेदरल्यान्ड्सले दुई र नेपालले एक खेल जितेको छ ।
कमेन्ट गर्नुहोस !