आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेटमा सेमिफाइनलमा प्रवेश

काठमाण्डौं ।अष्ट्रेलियामाथि जित हात पर्दै भारत आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को अन्तिम सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।
सेन्ट लुसियामा भएको खेलमा जितका लागि २०६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८१ रनमा समेटिएको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २०५ रन बनाएको थियो ।
कमेन्ट गर्नुहोस !