आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपाल विजयी

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले नामिबियालाई हराएको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार नेपालले नामिबियालाई २ विकेटले हराएको हो । नेपालले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक नामिबियालाई हराएको हो ।
टियु मैदान किर्तिपुरमा भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको छ । २ सय ८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।नेपालको सफल टार्गेट चेजमा कुशल भुर्तेलले शतक बनाए ।
किर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन बनाएको थियो ।
प्रतिक्रिया