आइपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई हराउदै मुम्बई ईन्डियन्स दोस्रो क्वालिफायरमा प्रवेश

काठमाण्डौं।लखनउ सुपर जायन्ट्सलाई हराउदै मुम्बई ईन्डियन्स इन्डियन प्रिमियर लिग (आइपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
चेन्नाईमा रहेको एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनले विजयी भएको हो। मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउले १६ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय १ रन मात्र बनायो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनायो। मुम्बईले दोस्रो क्वालिफायरमा गुजरात टाईटन्ससँग शुक्रबार खेल्ने छ। फाइनल खेल आगामी आईतबार हुनेछ। फाइनल खेल अहमदाबादमा आयोजना हुनेछ।
कमेन्ट गर्नुहोस !