अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा पुन भुसाल

सन्धिखर्क ।अर्घाखाँची अस्पताल बिकास समितिको अध्यक्षमा पुन श्रीकृष्ण भुसालले नै निरन्तरता पाउनु भएको छ ।यस अघि मंसिर १५ गते लिलाधर बस्यालले पदभार ग्रहण गर्नुभएको थियो । लुम्बिनी प्रदेशले १३ वटा अस्पतालका विकास समिति अध्यक्षमा कार्तिक २३ गते मनोनीत गर्ने निर्णय अनुसार अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा बस्यालले पदभार ग्रहण गर्नुभएको थियो ।
खारेजीको माग राख्दै अन्तरिम आदेश सम्म माग गरि सर्बोच्च अदालत समक्ष निवेदन गरे संगै पुन अर्केा आदेश नआउन सम्मको लागि अध्यक्षमा भुसाल अस्पताल बिकास समितिको अध्यक्ष मा निरन्तरता पाउनु भएको हो । यो सँगै लुम्बिनी प्रदेशका अन्य जिल्लामा पनि सोहि अनुसार लागु भएको छ ।
कमेन्ट गर्नुहोस !