सन्धिखर्कको ढुंगे देउरालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु ,एक घाइते

सागर महत,वैशाख १४,अर्घाखाँची ।
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १०को ढुंगे देउराली नजिकै दुर्घटनामा परि स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ८बस्ने ६०बर्षिय डम्बर बहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
लु ६०प९७८५नम्बरको मोटरसाइकल अनियंत्रित भै सडकदेखि करिव २५मिटर तल खसेर दुर्घटना भएको हो।उक्त मोटरसाइकलको पछाडि बस्ने अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५कि सुनिता खडका घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो।
घाइते खडकाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको छ।मोटरसाइकल अर्घाबाट सन्धिखर्क फर्किने क्रममा दुर्घटना भएको हो।
कमेन्ट गर्नुहोस !