अर्घाखाँचीका ६वटा स्थानीय तहले ४ अर्ब बढीको बजेट सार्वजनिक गरे

सागर महत ,असार ११,अर्घाखाँची ।
अर्घाखाँचीका छ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४अर्ब ६६ करोड बढीको बजेट ल्याएका छन ।
जसमध्ये सन्धिखर्क नगरपालिकाको १ अर्ब ११ करोड १४ लाख, शितगंगा नगरपालिकाले ९३ करोड ६७ लाख ५० हजार,भुमिकास्थान नगरपालिकाले ८३ करोड ९४ लाख ७४ हजार मालारानी गाउँपालिकाले ६२ करोड ९२ लाख ५१ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।
यस्तै छत्रदेव गाउँपालिले ५४ करोड ९ लाख ५५ हजार ७० रुपैयाँ बजेट र पाणिनि गाउँपालिकाले ७२ करोड २० लाख ७४ हजार ५ सय रुपँया गरि ४अर्ब ६६ करोड बढीको बजेट सार्वजनिक गरेका हुन ।
बजेट सार्वजनिक गरेका पालिकाले अधिकांश बजेट सडक संजालमा विनियोजन गरेका छन ।एकअर्का पालिकाप्रति मिल्दाजुल्दा नै कार्यक्रम सार्वजनिक गरिएको छ । स्थानीय कृषि उत्पादनको प्रशोधन, भण्डारण बजारीकरण,बाँझो जमिनको सदुपयोग पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य लगायतका विषय वस्तु केन्द्रित कार्यक्रम ल्याएका छन ।
कमेन्ट गर्नुहोस !