अर्घाखाँचीको शितगंगामा भान्जाको हत्या गरेको आरोपमा मामा पक्राउ

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा मामाले भान्जाको ढुङ्गाले हानेर हत्या गरेका छन। जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ६ सानाढुंग्रेका ३५ वर्षिय तिलक रेश्मीलाई उनका मामा झन्द्र बहादुर गाहाले ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रारम्भीक अनुसन्धानबाट मामाले भान्जालाई हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक डिएसपी चक्र बहादुर मल्ले जानकारी दिनुभयो ।आज पत्रकार सम्मेलन गरी अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको उहाँको भनाइ छ ।


गत कार्तिक २६ गते झन्द्र बहादुर गाहाले मादक पदार्थ सेवन गरी मृतक तिलक रेश्मीलाई गाली गरेको र मलाई किन गाली गरेको भन्दै बेलुका त्यहाँ पुगेका रेश्मीलाई उनका मामा पर्ने गाहाले हत्या गरेका थियो।बेलुका गएका श्रीमान हिजो(मंगलबार) बिहान सम्म नआएपछि मृतककी श्रीमती प्रहरी र स्थानीयले खोजतलास गर्दा शव फेला पारेका थिए ।मृतकका शरिरका विभिन्न भागमा चोट लागेको छ ।घटनामा संग्लन र अभियुक्तले मदिरा सेवन समेत गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close