जसपाको उपेन्द्र पक्ष सरकारमा जाने,ठाकुर समूहका केहि सांसदहरु पनि उपेन्द्र तिर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक सम्पन्न भएको छ ।बैठकले देउवा सरकारमा सहभागी निर्णय गरेको हो ।
जसपाको यादव समूहको आजको बैठकमा १७ सङ्घीय सांसद र तीनजना राष्ट्रियसभाका सदस्य गरी १९ सदस्य सहभागी भएको सांसद राईले बताउनुभएको छ । जसपाको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ । सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद छन् । पार्टीका अर्का अध्यक्ष महन्त ठाकुरको पक्षका केही सांसद पनि यादव पक्षमा आएको बताइएको छ । यो सँगै बैठकले सरकारमा जाँदा विभिन्न मन्त्रालय माग गर्ने निर्णय पनि गरेको छ ।गठबन्धन बनेर दायर गरिएको मुद्धामा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित हस्ताक्षर पनि कायम रहेको थियो । फागुन २८ मा सर्वोच्चले प्रधानमन्त्रीको असंवैधानिक कदम भन्दै गठबन्धनकै पक्षमा मुद्धाको फैसला गरेको थियो ।

मुद्धा फैसला हुन्जेल जसपाको यादव समूहमा १२ जना सांसदको साथ रहे पनि सर्वोच्चको फैसलापछि जसपाकै ठाकुर समूहका सांसदहरु यादव समूहतिर आएका छन् ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close