मन्त्री रायमाझीद्वारा नौमुरे बहुउद्देश्यीय जलबिद्युत आयोजनाको साईट कार्यालय उद्घाटन

सागर महत /अर्घाखाँची ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले नौमुरे बहुउद्देश्यीय जलबिद्युत आयोजनाको कामले तिब्रता पाउँने बताउनुभएको छ । अर्घाखाँची र प्यूठानको सिमानामा पर्ने २ सय २८१ मेगावाट आयोजनाको साईट कार्यालयल अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ७ लामा तालमा उद्घाटन गदै मन्त्री रायमाझीले यस्तो बताउनुभएको हो । अर्के तर्फ राष्ट्रिय गौरवको आयोजना भएको उहाँको भनाई छ ।
आयोजनाबाट बिद्युत उत्पादन मात्र नभई दाङ ,कपिलबस्तु बाँके लगायतका क्षेत्रमा सिंचाई सुविधा उपलव्ध गराउने योजना पनि रहेको बताईएको छ भने जैविक बिबिधता, पर्याबरण र पर्यटनका हिसाबले पनि नेपालकै नमुना जलबिद्युत परियोजना भएको बताईएको छ । १ खर्ब २८ अर्ब लागत लाग्ने आयोजना सम्पन भएपछि वार्षिक १३अर्ब आम्दानी हुने बताईएको छ ।यता तत्कालिन पञ्चायत सरकारले नेपालकै सस्तो लगानिमा निर्माण गर्ने आयोजनाका रुपमा रहेको भन्दै २०४४सर्बेक्षण गरेपनि त्यस यता काम हुन सकेको थिएन भने चुनावी नारा मा सिमित रहेको थियो ।यो आयोजना लाई आउँदो आर्थिक वर्षमा बजेट प्राथामिकता साथ राखिने समेत मन्त्री रायमाझीको भनाई छ ।
कमेन्ट गर्नुहोस !