प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो शुक्रवार असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिनुहुने भएको छ । उहाँले आज सङ्घीय संसद् सचिवालयका महासचिवलाई पत्राचार गरेर विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो ।
कांग्रेस एमालेबीच नयाँ गठबन्धनको सहमति बनेपछि एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएको हुनाले प्रधानमन्त्री दाहालले संवैधानिक व्यवस्थाअनुसार एकमहिना भित्रमा संसदबाट विश्वासको मत लिन लागेका हुन्। बहुमतका लागि आवश्यक सांसदको सङ्ख्या एक सय ३८ पुर्याउन प्रधानमन्त्री प्रचण्डले थप ६८ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।
कमेन्ट गर्नुहोस !