रेडक्रस अर्घाखाँचीको आयोजनामा महामारी रोगको रोगथाम सम्बन्धी तालिम सम्पन्न

सागर महत /अर्घाखाँची ।
रेडक्रसका आफ्नै प्रकारका उद्देश्य र कार्यहरु हुने भएकाले हरेक क्षेत्रमा यसको महत्व पुर्ण भुमिका हुने सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताउनुभएको छ । नेपाल रेडक्रसका सोसाईटी अर्घाखाँची शाखाले सन्धिखर्कमा राखेको तिन दिने महामारी रोगको रोगथाम तथा नियन्त्रणको लागि भएको समापन कार्यक्रम मा बोल्दै सापकोटाले यस्तो बताउनुभएको हो । प्रमुख प्रशासकिय अधिकृत सापकोटाले संकट आएको खण्डमा धन, सम्पती, व्यापार, सुख सुविधा सबै बिर्सेर त्यसको समाधान तर्फ तालिममा सिकेका कुरा लाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभएको हो ।
सन्धिखर्क नगरपालिका भित्रका १२ वटा वडा का २४ जना लाई तालिम दिएको रेडक्रस अर्घाखाँची सभापति कुशल भुसालले जानकारी दिनुभयो।जिल्ला मा परि आएका विपत क्षेत्रमा रेडक्रसले सक्दो सहयोग गदै आएको बताउनुभएको छ । विशेष गरि व्यक्तिहरूलाई विना भेदभाव सहयोग पु¥याउने उद्देश्य लिएर स्थापना गरिएको रेडक्रस मानवीय विपत्तीलाई कम गर्न प्रयत्नशील गर्नको लागि जिल्ला मा थप कार्यक्रम संचालन गर्नेे सभापति भुसालको भनाई छ । यस्तै तालिममा सहभागी लाई प्रमाण पत्र हस्तान्तरण गरिएको हो ।

तालिमको धर्म पन्थी,हिरामणी पराजुली,सरोज थापा लगायतले सहजीकरण गर्नुभएको हो ।यस्तै सहभागीको तर्फ बाट बल बहादुर रायमाझी,बिन्दु बेल्बासले मन्तव्य राख्नुभएको कार्यक्रम ठाकुर प्रसाद अधिकारीको संचानमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close