सन्धिखर्कका कृषकको माग अबको बजेट सडक संजाल हैन,कृषि तर्फ हो

सन्धिखर्क ।प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाई अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिकामा समस्या पहिचान र समाधानमुलक कृषक–प्राविधिक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै सन्धिखर्क ११ का कृषक गोपाल बस्यालले अधिकामश राज्यको बजेट सडक संजालमा लगाएको पाएकाले कृषि क्षेत्रमा सरकारले थप लगानी बढाउन आवश्यक रहेको बताउनुभयो ।राज्यको लगानी उत्पादनमुखी क्षेत्रमा नभएकाले अब आउने बजेट कृषक मैत्री बनाउन जनप्रतिनिधिलाई ध्यान आकर्षण गराउनुभयो ।

यस्तै सन्धिखर्क ८का कृषक पुष्करनाथ बन्जाडेले हाट बजार व्यवस्थीत नहुँदा कृषकलाई बजारीकरणको समस्या रहेको र कफी कृषकको मापदण्ड तयार पार्न सरोकारवालाई आग्रह गर्नुभयो ।

 

पशुमा बिमा भएता पनि अन्य पाली नालीको बिमा नहुँदा असिना,हावाहुरीले कृषकको टनेलमा क्षति पुर्याउने गरेको छ ।अन्य बालीको बिमा गरिदिन आगामी बजेटमा योजना ल्याउन आवश्यक रहेको सन्धिखर्क २ का कृषक शुशिल आचार्यको भनाइ छ।

कृषकहरूले सिधै आफ्नो समस्याहरू जनप्रतिनिधि र प्राविधिकसँग राखेको कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाई अर्घाखाँचीका प्रमुख विष्णु मगरातीका अनुसार कार्यालयले अब आउन लागेको बजेटमा कृषकका माग सम्बोधन गर्न सहजहोस भनेर जिल्लाका ६ वटै पालिकामा यो कार्यक्रम संचालन गरिएको बताउनुभयो ।यो परियोजनाले तरकारी जोन,बाख्रा जोन,कफी जोन र सुन्तला जोन कार्यक्रम गर्दै आएको बताउनुभयो ।
सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले पछिल्लो समय अनुदानका कार्यक्रममा कृषक आकर्षित भएपनि धेरै विस्थापीत हुँदै गएको र राज्यको लगानीलाई सही सदुपयोग नगरेको बताउनुभयो ।कृषकलाई परिणाममुखी उत्पादन गरेमा नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो ।जनप्रतिनिधी ,विभिन्न कार्यालयका प्रतिनिीध कृषक लगायतको सहभागीता रहेको कार्यक्रम भगवता चौहानको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close