एमाले अर्घाखाँचीद्वारा पाणिनीको उपाध्यक्ष बाहेक उम्मेदवार तय

अर्घाखाँची ।वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमाले अर्घाखाँचीले उम्मेदवार तय गरेको छ । जसअन्तर्गत एमालेले सन्धिखर्क नगरपालिका प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुखमा मिश्रा आचार्य; शितगंगा नगरपालिका प्रमुखमा वसन्तकुमार श्रेष्ठ, उपप्रमुखमा गिता भाट भुमिकास्थान नगर प्रमुखमा रेशम थापा र उपप्रमुख वसन्ता पौडेललाई उम्मेदवार बनाएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।
यस्तै मालारानी गाउँपालिका अध्यक्षमा दलबहादुर भट्टराई र उपाध्यक्षमा दीपा पोखरेल; छत्रदेव गाउँपालिका अध्यक्षमा दीपक पन्थी र उपाध्यक्षमा मनी पन्थी, पाणिनि गाउँपालिका अध्यक्षमा टेकराज न्यौपानलेलाई एमालेले उम्मेदवार बनाएको छ । पाणिनिको उपाध्यक्षमा अझै टुंग्याएको छैन । तिन नगरपालिका र तिन गाउँपालिका रहेको जिल्लामा ६१ वटा वडा रहेका छन ।त्यस्तै मालारानी गाउँपालिका अध्यक्ष बालकृण आचार्यले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ । २०७४ सालको चुनावमा एमाले बाट निर्वार्चित अध्यक्षले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।
कमेन्ट गर्नुहोस !