अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा

काठमाण्डौं ।आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ । अफगानिस्तानले दिएको दुई सय ९२ रनको लक्ष्य अष्ट्रेलियाले ४६ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो ।
त्यस अघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९१ रन बनायो ।
हिजोको जितसँगै अस्ट्रेलियाले विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ । अब चौथो स्थानका लागि न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानकै बीचमा तीव्र प्रतिस्पर्धा हुने छ । पहिलो स्थानमा रहेर भारत र दोस्रो स्थानमा रहेर दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस !