आईपीएल क्रिकेटमा मुम्बईलाई हराउँदै दिल्लीको तेस्रो जीत

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्याटपिल्सले तेस्रो जित निकालेको छ। चेन्नईमा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बई इन्डियन्सले दिएको १ सय३८ रनको लक्ष दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर पूरा गरेको हो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो। जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ। दिल्लीले ४ खेलबाट ६ अंक जोडेको छ।दोस्रो हार ब्यहोरेको मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ ।
कमेन्ट गर्नुहोस !